07:59AM
जेठ १ गते २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत

वैशाख ६ गते २०८१
4:39 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत र महालेखापरीक्षक पदमा तोयम रायालाई नियुक्त गरेका छन्। बिहीबार राष्ट्रपति पौडेलले सिफारिस भएर आएअनुसार शाक्यलाई मनोनीत र रायालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ख बमोजिम सरकारको सिफारिसअनुसार शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसैगरी संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले तोयम रायालाई संविधानको धारा २४० को उपधारा ९२० बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।

रिप्लाई गर्नुहोस