02:55PM
चैत्र १४ गते २०८१

नेपाली कांग्रेसले संसदीय कार्यसमित र संसदीय दलको बैठक बोलायो

वैशाख १ गते २०८१
6:24 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय कार्यसमित र संसदीय दलको बैठक बोलाएको छ। आइतबार ‍संघीय संसदको ल्होत्से हलमा बिहान साढे ७ बजे संसदीय कार्यसमिति र ८ बजे दलको बैठक बोलाइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सरकारले अप्रत्यासित रूपमा संसद अधिवेशन गर्ने निर्णय गरेकोबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक लेखकले जानकारी दिए। विधेयकहरू ढिला ल्याउने, प्रमुख प्रतिपक्षको मागलाई सरकारले बेवास्ता गर्‍यो,’ उनले भने, ‘उल्टै प्रमुख प्रतिपक्षीका कारण संसद चलाउन नसकिएकाले अधिवेशन अन्त्य गर्नुपर्‍यो भन्ने खालका भाषा सरकारले प्रयोग गरेको देखियो।’

यसले सरकार गैरजिम्मेवार बनेको देखिएको र सोहीबारे छलफल गर्न सोमबार कार्यसमिति र दलको बैठक बोलाइएको प्रमुख सचेतक लेखकले बताए। संसदीय कार्यसमिति बैठकमा सभापति, महामन्त्री, प्रमुख सचेतकहरू पदेन सदस्य रहन्छन्। भोलिको बैठकमा दुई उपसभापतिलाई पनि आमन्त्रित पदेन सदस्यका रूपमा बोलाइएको उनले बताए। कार्यसमितिको बैठकपछि सांसदहरूको बैठक बस्ने लेखकले बताए।

रिप्लाई गर्नुहोस