05:33PM
चैत्र २ गते २०८१

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

चैत्र ३० गते २०८०
8:29 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको एमाले अध्यक्ष ओलीले बताए ।

सहकारीको रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही माग राखेर कांग्रेसले २७ र २८ गतेको संसद बैटक अवरुद्ध गरेको थियो । अर्को बैठक २ वैशाखलाई राखिएको छ ।

रिप्लाई गर्नुहोस