01:57PM
असार २ गते २०८१

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त

चैत्र २७ गते २०८०
7:44 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का गरी २३ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

कँडेललाई एमालेका नौ, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्थ्यो । यसअघि माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको थियो ।

शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उहाँले राजीनामा दिनुपर्ने अवस्था आएको हो ।

रिप्लाई गर्नुहोस