04:11PM
असार २९ गते २०८२

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

चैत्र २६ गते २०८०
8:06 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्री राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामान त्यहाँ राख्ने गरिएको थियो।आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्। आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।

रिप्लाई गर्नुहोस