इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेलेका छन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा गएराति भएको खेलमा २–२ को बराबरी भएको हो । लिभरपुलले शुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो । तर अन्त्यतिर लिभरपुलले पेनाल्टीमा गोल फर्काउँदै खेल बराबरीमा टुङ्ग्याएको हो ।
लिभरपुलका लागि खेलको २३ औँ मिनेटमा लुइस डियाजले र ८४ औँ मिनेटमा मोहमद सलाहले पेनाल्टी मार्फत् गोल गरे । म्यानचेष्टर युनाइटेडका लागि खेलको ५० औँ मिनेटमा ब्रुनो फर्नान्डेसले र ६७ औँ मिनेटमा कोबी माइनुले गोल गरे । यो बराबरीसँगै प्रिमियर लिगमा ३१ खेलमा ७१ अङ्कका साथ लिभरपुल दोस्रो स्थानमा सीमित भएको छ ।
म्यानचेष्टर युनाइटेड ३१ खेलमा ४९ अङ्कसहित छैटौँ स्थानमा छ । समान खेल खेलेका आर्सनल ७१ अङ्कका साथ शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी ७० अङ्कका साथ तेस्रो स्थानमा छ । यस्तै गएराति भएको अर्को खेलमा सेफिल्ड युनाइटेड र चेल्सीले पनि २–२ को बराबरी खेलेका छन् । अर्को खेलमा टोटनह्यामले नटिंघम फरेस्टलाई ३–१ ले हराएको छ ।
