06:49PM
चैत्र २ गते २०८१

नेपाली कांग्रेसका आउँदो चुनावमा पार्टीलाई एक्लै बहुमत पुर्‍याउने गरी प्रयास गर्नुपर्छ : देउवा

चैत्र २४ गते २०८०
8:03 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावमा पार्टीलाई एक्लै बहुमत पुर्‍याउने गरी प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

काठमाण्डौमा आयोजित पार्टीको एक कार्यक्रममा देशमा अहिले देखिएको अस्थिरताबारे चर्चा गर्दै उहाँले कांग्रेस एक्लैलाई आउँदो चुनावमा बहुमत ल्याउने पार्टी बनाउन आवश्यक भएको बताउनुभयो ।

घात, अन्तर्घात नगरी एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाई छ । पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान दिन पनि कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

रिप्लाई गर्नुहोस