06:53PM
चैत्र २ गते २०८१

संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिकोे बैठक बस्दै

चैत्र १९ गते २०८०
9:40 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिकोे बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजे बस्दै छ । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

बिहान साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस