01:50AM
जेठ ११ गते २०८२

चैत २० गतेका लागि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाए

चैत्र १८ गते २०८०
7:23 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। निवास बूढानीलकण्ठमा चैत २० गतेका लागि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार दिउँसो २ बजे कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए। कांग्रेस विधानअनुसार तत्काल केन्द्रीय समिति बैठक बस्न नसक्ने बेला केन्द्रीय समितिले गर्ने काम कार्यसम्पादन समितिबाट गर्न सकिन्छ। तर निर्णय भने पछि केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ।

बूढानिलकण्ठमा कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ। इलाम २ बाट ७ जना र बझाङ १ को प्रदेश सभा १ बाट १० जना आकांक्षीका नाम केन्द्रीय कार्यालयमा आएको छ। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।

रिप्लाई गर्नुहोस