इङ्ग्लिस प्रिमियर लिगमा आज लिभरपुल र ब्राइटन तथा म्यानचेस्टर सिटी र आर्सनल खेल्दै
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज लिभरपुल र ब्राइटन तथा म्यानचेस्टर सिटी र आर्सनल खेल्दैछन् ।
पहिलो खेलमा बेलुका पौने ७ बजे लिभरपुल र ब्राइटन तथा दोस्रो खेलमा राति सवा ९ बजे सिटी र आर्सनल खेल्नेछन् । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुलको २८ खेलमा ६४ अङ्क छ । समान २८ खेल खेलेको ब्राइटन ४२ अङ्कका साथ नवौँ स्थानमा छ । यस्तै शीर्ष स्थानमा रहेको आर्सनलको २८ खेलमा ६४ अङ्क छ । सिटी २८ खेलमा ६३ अङ्कका साथ तेस्रो स्थानमा छ ।
गए राति आठ वटा खेल भएका थिए । ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । युनाइटेड २९ खेलमा ४८ अङ्कसहित छैटौँ स्थानमा छ । एस्टन भिल्लाले उल्भ्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराएको छ । भिल्ला ३० खेलमा ५९ अङ्कका साथ चौथो स्थानमा छ । टोटनहमले लुटन टाउनलाई २–१ ले हराएको छ । टोटनहम २९ खेलमा ५६ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
यस्तै बर्नमाउथले एभर्टनलाई २–१ गोलले हरायो । चेल्सी र बर्नलीले २–२, नटिङघम फरेस्ट र क्रिस्टल प्यालेसले १–१ र सेफिल्ड युनाइटेड र फुलहमले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
