08:30AM
वैशाख १५ गते २०८२

सुनको भाउ एक लाख ३० हजार रुपैयाँ

चैत्र १८ गते २०८०
12:39 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो ।

हिजो शनिवार अस्तिकै भाउमा कारोबार भएकोमा आज पनि यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले बताएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । यस्तै आज चाँदीको भाउ पनि घटबढ भएको छैन । शुक्रवारकै भाउ तोलाको एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

रिप्लाई गर्नुहोस