07:22PM
चैत्र २ गते २०८१

इलामको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई सघाउने : केपी शर्मा ओली

चैत्र १७ गते २०८०
9:06 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई सघाउने बताएका छन्। पार्टीको बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा एमालेलाई सघाउन माओवादी केन्द्र तयार हुने बताएका हुन्।

‘मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ।किनभने काँग्रेस जिताउन मिल्दैन,’ उनले भने।अध्यक्ष ओलीले एमालेभन्दा बलियो अवस्थामा रहेको भए इलाम माओवादी केन्द्रलाई छोड्न तयार हुने बताए। ‘त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौं। तर माओवादीको ४ हजार छ।हामी १३ हजार छौं।साँढे १३ हजार भन्दा बढि छौं हामी।त्यसकारण हामीले छोडन मिल्दैन,’ उनले भने। ओलीले यसपालि इलाममा एमालेको प्रतिस्पर्धी नै नभएको बताए।

‘गणितले स्पष्ट देखाउँछ–हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौं पुग्छौं।काँग्रेस १० हजारमा झर्छ।त्यो स्पष्ट छ,’ उनले भने। अरू दलले प्रतिस्पर्धै गर्न नसक्ने उनले बताए। हिजो माओवादी र समाजवादीको घाँस र कुँडो खाएर कांग्रेस बलियो भएको तर अहिले त्यो अवस्था नभएको ओलीले बताए। ‘त्यतिबेला हामीले हराइदिएका थियौं।अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन।त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिष्पर्धी छैन,’ उनले भने।

रिप्लाई गर्नुहोस