02:17AM
असार ३ गते २०८२

शैक्षिक सत्र शुरु हुनु अगावै रामेछापको विद्यालयमा पाठ्पुस्तक पुग्यो

चैत्र १७ गते २०८०
8:50 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । बिगत वर्षमा शैक्षिक सत्र शुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर बिद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरी पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन् । सरकारले यसवर्षको शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा पाठ्पुस्तक पुर्‍याउने उद्घोष गरेसँगै रामेछापमा पनि शैक्षिक सत्र शुरु हुनु अगावै सबै कक्षाको पाठ्यपुस्तक आइपुगेको हो ।

जिल्लामा रहेका सबैजसो पुस्तक पसलमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक आएका छन् । सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने भनि घोषणा गरेसँगै यस बर्ष कक्षा १ देखि ४ सम्मको नीजि क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ भने कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले प्रकाशन र वितरणको जिम्मा लिएको थियो ।

बिगतका वर्षमा सिजन शुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा ब्यवसायीले जिल्लामा सबै विषयको पुस्तक ल्याउन सकेका थिएनन् । तर यस वर्ष केन्द्रले बेलैमा सेट संख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाँडै नै पाठ्पुस्तक जिल्लामा ल्याउन सफल भएको पुस्तक व्यवसायी मिनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार चैत महिनाभित्रै जिल्लामा आएका सबै पाठ्यपुस्तक सामुदायिक विद्यालयमा पुर्याइसक्ने गरी काम अघि बढाइएको बताए । यसवर्ष समयमा नै पाठ्यपुस्तक प्राप्त भएकाले बिगतका वर्षको जस्तो विद्यार्थीले खाली झोला बोकेर विद्यालय जानु पर्ने स्थितिको अन्त्य हुने विश्वास लिएको शिक्षा विकास तथा समन्वय एकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।

रिप्लाई गर्नुहोस