त्रिविले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिले दिएको सुझावअनुसार आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । समितिले एक महिना प्रतिवेदन बुझाउनुपर्नेछ ।
त्रिभुवन विश्वविद्यालयले गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसङ्ख्या तथा स्वास्थ्य कोड नम्बर ४२२ र शिक्षा शास्त्र संकायको शिक्षाको आधार कोड न ४१२ का उत्तर पुस्तिका हराएका थिए । ती विषयको परीक्षा चैत २१ गतेका लागि तय गरिएको छ ।
