07:29PM
चैत्र २ गते २०८१

नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो खेल राति १२ः४५ बजेदेखि सुरु

चैत्र १३ गते २०८०
6:57 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो खेल खेल्दै छ । नेपाल समूह ‘एच’मा छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा १–० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ ।

बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो हार व्यहोरेको थियो । बहराइनलसँगको पहिलो खेल घरेलु मैदानमा हुने तालिका थियो ।

तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै खेल बहराइनमा हुने भएको हो । बहराइनको बहराइन राष्ट्रिय रंगशालामा दोस्रो खेल नेपाली समयानुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

रिप्लाई गर्नुहोस