01:54PM
श्रावण ४ गते २०८२

जसपाको मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण जारी

चैत्र ४ गते २०८०
8:21 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसपाले महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिबारदेखि तीन दिने प्रशिक्षण गरिरहेको छ। 

मधेस प्रदेस समिति पुनर्गठन भएपश्चात गर्न लागिएको महाधिवेशन लक्षीत प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतका नेताहरु प्रशिक्षक रहेका छन् ।

 सोही अवसरमा कविलासी नगरपालिकाका पूर्व मेयर कौशलकुमार यादव आज जसपा प्रवेश गरेको मधेस प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले जानकारी गराएका छन् ।

रिप्लाई गर्नुहोस