12:00AM
जेठ ११ गते २०८२

नेप्से २.४८ अंकले घटेर २१०८.७२ को विन्दुमा पुग्यो

फागुन ३० गते २०८०
8:53 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार घटेको छ । नेप्से २.४८ अंकले घटेर २१०८.७२ को विन्दुमा झरेको छ ।

यस दिन ३१० धितोपत्रका एक करोड आठ लाख ८९ हजार ६३४ कित्ता सेयर चार अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये सातवटाको समूहगत सूचक घट्यो । ६ वटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

रिप्लाई गर्नुहोस