मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधबार दिउँसो मलेसिया जाने
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फा ले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल तथा मार्च २१ र २६ गते बहराइनसँग हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि मलेसिया जाने राष्ट्रिय टोलीका सदस्य तथा पदाधिकारीलाई बिदाइ गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार विशेष कार्यक्रमको आयोजना गरिएको थियो। एन्फा अध्यक्ष पंकज विक्रम ननेम्वाङले बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै टोलीलाई खेलको सफलताको शुभकामना दिए। उनले होम म्याच देशमा आयोजना गर्न नपाएकोमा नेपाली फुटबल समर्थकसँग माफी पनि मागे।
दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम म्याच समेत बहराइनमा खेल्दैछ। बहराइनमा विश्वकप छनोटको खेलअघि नेपालले मलेसियामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले बुधबार दिउँसो मलेसिया जानेछ।
टिमको अफिसियल्स भने जम्बो रहेको छ। टिममा १६ जना अफिसियल छन्। मुख्य प्रशिक्षकसँगै ६ जनाले टिममा सरोकार राख्ने भए पनि १० जना पदाधिकारी पनि टिमसँगै अफिसियल बनेर जाँदैछन्।
नेपाली टिम
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार
डिफेन्डरः अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ
मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पी जंग कार्की
अफिसियल्स स् भिन्सेन्जो अल्बर्टो एनीस मुख्य प्रशिक्षक, प्रवेश कटुवाल प्रशिक्षक, विनोद डंगोल गोलकिपर प्रशिक्षक, मनिष तिम्सिना प्राविधिक कर्मचारी, उत्तमराज भण्डारी टिम व्यवस्थापक, लोकेन्द्र कुँवर फिजियो, ज्ञानबहादुर राई किट व्यवस्थापक, दीपक खतिवडा टोली प्रमुख, महेन्द्र क्षेत्री अफिसियल, इन्द्रमान तुलाधर अफिसियल, भरत घिमिरे अफिसियल, बुद्धिबहादुर गुरुङ अफिसियल, सुनील लोप्चन अफिसियल, जयकृष्ण श्रेष्ठ अफिसियल, प्रवीण श्रेष्ठ अफिसियल, सुविनकुमार श्रेष्ठ अफिसियल।
