09:43PM
चैत्र १३ गते २०८१

बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि

फागुन २७ गते २०८०
8:05 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । भारतलाई हराउँदै बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि जितेको छ ।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ एन्फा मुख्यालयको परिसरमा आज भएको फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गोलले हरायो । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । खेलको ४ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ७० मिनेटमा बङ्गलादेशले उपहार गोल पाएपछि खेल १–१ को बराबरीमा पुगेको हो ।

बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियो । भारत उति नै खेलमा ६ अङ्कका साथ फाइनलमा पुगेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी थिए ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

रिप्लाई गर्नुहोस