01:58PM
चैत्र १४ गते २०८१

नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुग्यो

फागुन २७ गते २०८०
7:56 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा लघुवित्त समूहको शेयर सबैभन्दा धेरै चार दशमलव २१ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बजार बढेको दिन आज चिर्ख्वा जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ७० लाख ४३ हजार कित्ता शेयर दुई अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर २२ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस