08:50AM
वैशाख १५ गते २०८२

राष्ट्रिय सभा अध्यक्ष चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक

फागुन २७ गते २०८०
7:42 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ । सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ ।

रिप्लाई गर्नुहोस