01:22PM
असार २ गते २०८१

परिसूचक नेप्से ५८.४६ अंकले बढ्यो

फागुन २५ गते २०८०
7:25 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । यो साता सेयर बजारमा पाँचदिन कारोबार भयो । जसमध्ये तीन दिनमा १३० अंकले बढेको परिसूचक नेप्से दुई दिनमा ८२ अंकले घट्यो ।

समग्रमा यो साता बजार ५८.४६ अंकले बढेको छ । यस साताको अन्तिम करोबार दिन बजार २,०३० विन्दुमा रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बजार १,९७७ विन्दुमा थियो ।

कारोबार रकम गत साताको भन्दा एक अर्ब ६१ करोड रुपैयाँले बढेको छ । यो साता १३ अर्ब २२ करोड १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ११ अर्ब ६१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बजार पुँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड रुपैयाँ थियो । एक सातामा कुल बजार पुँजीकरण ९१ अर्ब ८९ करोड ५८ लाख रुपैयाँले बढेको हो ।

नयाँ अर्थमन्त्री आएसँगै बजारले सकारात्मक संकेत देखाएको छ । अर्थमन्त्री वर्षमान पुनले पनि बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । उनले पद बहाली गर्दा “सेयर बजारसम्बन्धी नीतिलाई आवश्यकताअनुसार परिमार्जन गर्नेु बताएका थिए । त्यसका साथै बजारमा पैसा चलायमान नहुँदा पनि समस्या उब्जिएको उनको भनाइ थियो ।

उनी अर्थमन्त्री भएको भोलिपल्ट बिहीबार बजार साढे १३ अंकले बढ्यो । अघिल्लो दिन बजार ९.३३ अंकले बढेको थियो । उनले संसद् भवन बाहिर बिहीबार पत्रकारहरूसँगको कुराकानीमा सेयर बजारमा ढुक्क भएर लगानी गर्न पनि भने । त्यसले पनि अर्थमन्त्री पुन सेयर बजारप्रति सकरात्मक भएको देखिन्छ ।

नेपाली कांग्रेससँगको गठबन्धन छुटेर एमालेसँगको नयाँ गठबन्धन भएको दिन सोमबार बजार ११७.७० अंकले बढेको थियो । तर, त्यसको भोलिपल्ट मंगलबार बजार ७०.१३ अंकले घटेको थियो ।

रिप्लाई गर्नुहोस