02:40PM
श्रावण ४ गते २०८२

साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे

फागुन १७ गते २०८०
9:02 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से २८ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले तथा अपर साङ्गे र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भएको दिन आज बोटलर्स नेपाल बालाजुको शेयर १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज ७४ लाख ४६ हजार नौ सय कित्ता शेयर दुई अर्ब ५९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस