06:07PM
चैत्र २ गते २०८१

नेकपा माओवादी केन्द्रले चैत्र १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने

फागुन १० गते २०८०
7:38 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चैत्र १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेन्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले बैठकमा माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए । धेरै राम्रो काम गर्ने र काम नगर्नेहरूको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताए ।

चैत्रपछि तीन वटा अभियान चलाउने बतँए । उनले भने, आजको एजेन्डा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिमबारे त्यहाँ एउटा दल नेताको कुरा छ नि । मधेसमा पनि विश्वासको मत बारेमा, सिरहामा केही समस्या छ त्यसको बारेमा भोलि छलफल हुन्छ । भूकम्पको पुनः निर्माणको सम्बन्धमा थियो । इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ ।

त्यसमा सबैभन्दा बढी खट्ने, ७५ सम्म, ५० देखि ७५ सम्म गरी चार क्याटोगरीमा बाँडेका थियौँ । त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरा प्रस्तुत गर्नुभएको छ । प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्त्वपूर्ण रूपमा लिएको बताए ।

रिप्लाई गर्नुहोस