काठमाडौंसहित देशका केही स्थानमा हल्का वर्षा
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षा भएको उनले बताइन् ।
“सबै ठाउँमा हल्का वर्षा भएको छ, मध्यम वा ठूलो वर्षा भएको छैन,” उनले भनिन्, “पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भएको हो ।”
तत्कालका निम्ति यो प्रणाली शुक्रबार भोलि सम्म रहने उनले बताइन् । प्रणाली भित्रने र बाहिरिने क्रम भइरहने उनको भनाइ छ ।
“सिस्टम आउने जाने क्रम भइरहन्छ । भोलिसम्म यो सिस्टम रहन्छ,” उनले भनिन्, “त्यसपछि पनि यस्तो नहुने भन्ने हुँदैन । पश्चिमी न्यूनचापीय प्रणाली आउने जाने भइरहन सक्छ ।”
आफूहरूले यसअघि पाँच दिनको मौसम पूर्वानुमान गरेर वर्षा हुने त्यति बेलै जानकारी गराएको उनले बताइन् । आजभन्दा भोलि मौसम केही खुल्ने तर बदली जारी रहने उनले जानकारी दिइन् ।
“आजभन्दा भोलि हल्का सुधार हुन्छ । तर, दिनभरि घाम लाग्ने भन्ने हुँदैन,” मौसमविद् कँडेलले भनिन्, “बिहानीपख खुल्ने, घाम लागेको जस्तो हुने र फेरि बदली हुने हुन्छ ।”
शुक्रबार काठमाडौंमा पनि बदली हुने उनले उल्लेख गरिन् । भोलि काठमाडौंमा वर्षाको सम्भावना भने एकदमै न्यून रहेको उनले बताइन् ।
“भोलि पनि बदली हुन्छ । भोलि काठमाडौंमा वर्षाको सम्भावना भने एकदमै न्यून छ,” उनले भनिन् ।
यो प्रणाली विस्तारै पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा रहेको उनले जानकारी दिइन् । “पश्चिमबाट विस्तारै पूर्वतिर सर्दै छ । पश्चिमबाट विस्तारै मौसम खुल्दै जान्छ,” उनले भनिन्, “पूर्वमा भने वर्षा भएको छैन ।”
पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको चिसापानीगढीमा २।८ मिलिमिटर मापन गरिएको उनले बताइन् । यो पनि हल्का वर्षा नै भएको उनले जानकारी दिइन् ।
ललितपुरका हात्तीवन, बज्रवाराहीलगायत स्थानमा असिनासहित वर्षा भएको स्थानीयले जानकारी गराएका छन् । काठमाडौंमा भने असिना परेको जानकारी प्राप्त नभएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए ।
के हो असिना रु कसरी खस्छ जमिनमा रु
काठमाडौंमा अझै एकरदुई घण्टा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “काठमाडौंमा अझै एकरदुई घण्टा वर्षाको सम्भावना छ । यो अवधिमा अहिले परिसकेको स्थानमा रोकिन सक्ने र नयाँ स्थानमा पर्न सक्ने पनि हुन्छ,” उनले भने, “आजलाई राति पनि वर्षाको सम्भावना छ ।”
उनका अनुसार, देशका केही स्थानमा आज चट्याङ समेत परेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित मकवानपुर, चितवन, दोलखा, रुपन्देहीमा मेघगर्जनरचट्याङ भएको उनले बताए । “मेघगर्जन भएका सबै स्थानमा चट्याङ नै परेको हुन्छ भन्ने हुँदैन । त्यसैले हामीले मेघगर्जनरचट्याङ भन्ने गरेका छौँ,” उनले भने ।
