08:58AM
वैशाख १५ गते २०८२

शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घट्यो

फागुन ९ गते २०८०
8:37 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा झरेको छ । आज उत्पादनबाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६३ लाख ४१ लाख कित्ता शेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस