10:01PM
चैत्र १३ गते २०८१

त्रिभुवन आर्मी क्लबले जित्याे पहिलो पटक आहा रारा पोखरा गोल्ड कप

माघ २० गते २०८०
8:26 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । २०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

आर्मीका लागि कप्तान जिलेस्पी जंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । उपाधिसँगै आर्मीले १२ लाख एक हजार र दोस्रो भएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

रिप्लाई गर्नुहोस