11:29PM
चैत्र १३ गते २०८१

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि पुलिस क्लब र त्रिभुवन आर्मी खेल्दै

माघ २० गते २०८०
8:35 AM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ ।

पुलिस प्रतियोगितामा अपराजित टोली पनि हो । पुलिस लिग चरणका ९ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेर र आर्मी ९ खेलमा ७ जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा रहेर उपाधि नजिकै पुगेको हो ।

पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर तथा उदीयमान खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्

रिप्लाई गर्नुहोस