नेकपा एमाले संसदीय दलको बैठक आज मध्याह्न १२ बजे बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार बैठक आज र भोलि दुई दिन बस्नेछ । मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी संसद्मा खेल्ने भूमिकाबारे बृहत छलफल हुने उनले जानकारी दिए ।
“अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायत विविध विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक अलिक लामो राखिएको हो,” उनले भने ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि एमालेको बैठक बस्न लागेको हो ।
