आकाश एक्लैको ५ विकेटले अफगानिस्तान संकटमा
काठमाडौंः तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग ड्रिम सुरुवात गरेको छ ।
बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।
आकाश चन्दले ५.३ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएका छन् । गुल्शन झा ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर १ विकेट लिएका छन् ।
नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।