06:24PM
चैत्र २ गते २०८१

एएफसी एसियन कपमा इगर स्टिमाकको प्रशिक्षणमा रहेको भारत जितविहीन

माघ ९ गते २०८०
8:57 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा इगर स्टिमाकको प्रशिक्षणमा रहेको भारत जितविहीन बनेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले पराजित भएपछि भारत जितविहीन घर फर्किने भएको हो ।

कतारको अल बायत रंगशालामा भएको खेलमा सिरियालाई जित दिलाउन ओमार ख्रिबिनले गरेको गोल निर्णायक बन्यो । ख्रिबिनले ७६औँ मिनेटमा गोल गर्दै सिरियालाई अग्रतामा राखेका थिए ।


जितसँगै समूह ‘बी’ मा सिरियाले तीन अंक जोड्दा भारत भने अंकविहीन पुछारमा रह्यो ।

यस समूहबाट अस्ट्रेलियाले विजेता र उज्वेकिस्तानले उपविजेताको रूपमा अन्तिम–१६ को यात्रा तय गरे । मंगलबारै भएको खेलमा अस्ट्रेलियालाई १–१ को बराबरीमा रोक्दै उज्वेकिस्तानले पाँच अंकसहित समूहमा दोस्रो स्थान हासिल गरेको हो ।

रिप्लाई गर्नुहोस