01:42AM
असार ३ गते २०८२

बर्दिवास अस्पतालको गलत रिपोर्ट, सुत्केरीमाथि अमानवीय व्यवहार

माघ ७ गते २०८०
12:04 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । महोत्तरीको बर्दिवास अस्पतालमा कार्यरत एनएम नर्स प्रमिला थापा महिला वार्ड देखाउँदै भन्छिन्, ‘गर्भवतीलाई प्रसव पीडा भएर भर्ना गर्दा एन्टिनाटल वार्डमा राखिन्छ। सुत्केरी गराउन लेबर रुममा लगिन्छ। त्यसपछि बच्चा र आमा दुवैलाई पोस्टनाटल वार्डमा राख्ने गरिन्छ।’

तर, त्यही अस्पतालमा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी २० वर्षीया सरिता महतोलाई भने त्यसो केही गरिएन। व्यथाले च्यापेपछि अस्पतालले एन्टिनाटल वार्डमा भर्ना गरेको सरितालाई त्यहाँका स्वास्थ्यकर्मीले वास्तै गरेनन्। सरिताले एन्टिनाटल वार्डमै बच्चा जन्माइन्। सुत्केरी भइसकेपछि पोस्टनाटल वार्डमा पुर्‍याउनुपर्ने सरिता अहिले पनि एन्टिनाटल वार्डमै छिन्। कारण हो, अस्पतालको ल्याबले दिएको अप्रत्यासित रिपोर्ट।शुक्रबार साँझ प्रसव पीडा सुरु भएपछि सरितालाई उनका परिवारले बर्दिवास अस्पताल भर्ना गरेका थिए। त्यहाँ सरितालाई एन्टिनाटल वार्डमा राखियो। डाक्टरले उनको केही प्रशिक्षण गर्न सुझाव दिए। रगतका नमुनाहरू त्यही अस्पतालको ल्याबमा जाँचियो। सरिताको ल्याब रिपोर्टमा एचआईभी ‘रियाक्टिभ’ देखाइयो। त्यो रिपोर्टले सरिता र उनका आफन्त मात्र तर्सेनन् त्यहाँका स्वास्थ्यकर्मीले सरिताको शरीर छुनसमेत इन्कार गरे। अस्पतालले थमाएको रिपोर्टमा सरिताका आफन्तले रत्तिभर विश्वास गरेनन्। केही दिनअघि मात्रै उनका श्रीमान् प्रेमकुमार महतोले सरितालाई गौशालास्थित स्वास्थ्य केन्द्रमा लगेर रगत जाँच गराएका थिए। त्यहाँ एचआईभी निगेटिभ देखाइएको थियो। त्यो रिपोर्ट डाक्टरलाई देखाए। तर, डाक्टरले त्यो रिपोर्टलार्ई मानेनन्। रगतको नमुना लिएर बर्दिवासको शुभ स्वस्तिक हस्पिटल पुगेर फेरि जाँच गराए। त्यहाँ पनि एचआईभी निगेटिभ देखियो। रगतकै काम हुने बर्दिवास रेडक्रसमा चेकजाँचका लागि सरिताको रगतको नमुना लगियो। त्यहाँ पनि एचआईभी ‘नन–रियाक्टिभ’ देखाइयो।‘यी सबै रिपोर्ट देखाउँदा पनि बर्दिवास अस्पतालका डाक्टरहरू मान्न तयार हुनुभएन। उहाँहरू एकतर्फी रूपमा सरकारी ल्याबको रटान रटिरहनु भएको छ’, प्रेम भन्छन्, ‘एचआईभी भनेर अस्पतालमै अमानवीय व्यवहार भयो। अन्य सबै ठाउँमा निगेटिभ देखाउने अनि यहाँ पोजेटिभ रु यो लापरबाहीको हद भएन र रु’गलत रिपोर्ट देखाएर अस्पतालले हदैसम्म पीडा दिएको सरिताका आफन्त बताउँछन्। सरिताकी सासु तारादेवी महतो भन्छिन्, ‘रिपोर्ट आइसकेपछि पनि बुहारी व्यथाले तड्पिरहिन्। हामीले नर्सलाई पनि गुहार्‍यौं। तर, कसैले सुनेनन्। अस्पतालमै पीडा बुझ्ने कोही भएन। शनिबार बिहान ४ बजे बच्चा आफैं भयो। हेर्न कोही डाक्टर आएनन्।’एन्टिनाटल वार्डमै अर्का बिरामीकी एक कुरुवा महिलाले भनिन्, ‘त्यहाँ म प्रत्यक्षदर्शी थिएँ। त्यतिबेलाको अवस्था एकदमै डरलाग्दो थियो। अस्पतालको बेड मात्रै थियो। आफन्तकै भरमा त्यो ९सरिता० नानीको सुत्केरी भयो। बेडमै बच्चा भएको देखेर सबैले भनेपछि मात्रै डाक्टर टाका लगाउन आएका थिए।’ल्याबको त्रुटि रिपोर्टले गर्दा समस्या उत्पन्न भएको अस्पताल स्रोतको दाबी छ। ‘त्रुटि त भएकै छ। गुणस्तरहीन किटका कारण त्रुटि देखिएको हुनुपर्छ। यहाँको ल्याबले एचआईभी पोजेटिभ देखाएको छ। अन्य तीन ठाउँको रिपोर्ट निगेटिभ छ। त्यसैले हाम्रो रिपोर्टमा केही ‘इरर’ रहेको हुनुपर्छ’, अस्पताल स्रोतले भन्यो।नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले रिपार्टमा पोजेटिभ देखिएपछि सावधानी मात्रै अपनाएको र बिरामीको परिवारले भनेजस्तो कुनै अमानवीय व्यवहार नभएको बताए। ‘अमानवीय व्यवहार भयो भनेर बिरामी पक्षलाई लागेको होला। कुनै स्वास्थ्यकर्मीले त्यसो गर्दैनन्। रिपोर्टले देखाइसकेपछि सावधानी अपनाउँनै पर्‍यो’, उनले भने, ‘हामीले उच्च सुविधा भएको ठाउँमा लैजान भनेकै हौं। उहाँहरूले लैजानु भएन।’ ९१० बर्दिवास अस्पतालको एचआईभी पोजेटिभ रिपोर्ट । तर, उहि व्यक्तिको ९२० रेडक्रस, ९३० शिवस्वस्तिक अस्पताल र ९४० गौशाला पोलिक्लिनिकको एचआईभी नेगेटिभ रिपोर्ट ।शनिबार सरिताको रगतको नमुना जनकपुरस्थित प्रादेशिक ल्याबमा जाँच गराउँदा त्यहाँ पनि ‘एचआईभी नन्–रियाक्टिभ’ आएको सरिताका श्रीमान् प्रेमकुमार महतोले जानकारी दिए। तर, बर्दिवास अस्पतालका ल्याब इन्चार्ज मनोज राय यादव आफ्नो रिपोर्टमा कुनै त्रुटि नरहेको दाबी गर्छन्।‘हामीले डिटरमाइन किटबाट जाँच गरेका हौं। त्यसमा पोजेटिभ देखाएको हो। यसलाई भेरिफाइ गर्न थप दुइटा जाँच गर्नुपर्ने हुन्छ। त्यसमा निगेटिभ या पोजेटिभ के देखाको हो त्यसले अन्तिम रिपोर्ट तयार गर्छ’, ल्याब इन्चार्ज यादव भन्छन्, ‘हामीले रगतको नमुनालाई डिटरमाइन किटबाटै तीनरतीनपटक जाँच गरेका छौं। सबैमा ‘एचआईभी रियाक्टिभ’ देखाएको छ। यसमा हाम्रो कुनै त्रुटि छैन।’यस विषयमा बर्दिवास अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा कृष्णा महर्जनसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न मानेनन्। केही महिनाअघि मात्रै बर्दिवास अस्पतालकै लापरबाहीले महोत्तरीको बर्दिवास नगरपालिका–१४ का उमेश महतोको ज्यान गएको थियो। उमेशको मृत्युपछि स्थानीयले प्रदर्शनसमेत गरेका थिए।

रिप्लाई गर्नुहोस