कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने सरकारकाे तयारी
काठमाडौं । कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले विसर्जन अर्थात् ‘डिस्पोजल’ को तयारी गरेको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको जानकारी दिनुभयो ।बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले साइनोभ्याक खोप नलगाउने निर्णय गरेको थियो ।बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताउनुभयो ।
