02:11PM
असार २ गते २०८१

आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब क्लब भिड्ने

माघ ६ गते २०८०
8:42 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । २३औं आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब क्लब भिड्ने भएका छन् । आयोजकले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालमा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली दिल्ली एफसी आउने भनिनएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ ।

भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ । प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहने छ । नकआउट फर्म्याटमा हुने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

रिप्लाई गर्नुहोस