02:10AM
असार ३ गते २०८२

कोशी प्रदेशलाई हराउँदै बाग्मती प्रदेश दोस्रो स्थानमा

माघ ५ गते २०८०
8:17 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै बाग्मती प्रदेश दोस्रो स्थानमा उक्लिएको छ ।

आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मतीले कोशीलाई ६४ रनले हरायो । बाग्मतीले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ ओभर १ बलमा २ सय ९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ५९ र कप्तान अङ्कितले ५३ रन बनाए । बाग्मतीका ईशान पाण्डेले ५ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको बाग्मती ४८ ओभर ३ बलमा २ सय ७३ रनमा अल आउट भयो । कोशीका अभ्यास तिम्शिनाले ३ विकेट लिए ।यो जितसँगै बाग्मतीले ५ खेलमा ६ अङ्क जोडेको छ । कोशीको यो लगातार पाँचौँ हार हो ।

रिप्लाई गर्नुहोस