10:49PM
चैत्र १३ गते २०८१

एएफसी एसियन कपमा दक्षिण कोरियाले विजयी सुरुवात

माघ २ गते २०८०
10:20 AM
Author Avatar
आर्थिक मञ्च

 काठमाडौं । एएफसी एसियन कपमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। सोमबार कतारको जसिम बिन हमाद रंगशालामा भएको समूह ‘ई’को खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोलले पराजित गर्‍यो।

कोरियाको जितमा लि काङ-इनले दुई गोल गरे। खेलको ३८ मिनेटमा हवाङ इन बेओमको गोलबाट कोरियाले अग्रता लिएको थियो। 

 

बहराइनका लागि अब्दुल्लाह अल हशाशले ५१ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। त्यसपछि कोरियाका काङ-इनले दुई गोल गर्न सफल भए। उनले खेलको ५६ र ६८ मिनेटमा गोल गरेपछि कोरिया ३-१ ले अघि बढेको थियो।

रिप्लाई गर्नुहोस