07:42AM
पौष १० गते २०८२

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

माघ १ गते २०८०
10:48 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको तर एकरदुई दिनपछि पानी पर्न सक्ने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुुभयो । यस्तै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा पानी नपरे पनि हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद् सरोज पुडासैनीले बताउनु भयो । तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको छ ।

रिप्लाई गर्नुहोस