साताको सेयर बजार : परिसूचक ३९ अंकले बढ्दा २५ अर्ब बढीको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९.७१ अंक बढेको छ । सातामा दुई दिन घट्दै तीन दिन बढेको नेप्से समग्रमा १.९४ प्रतिशत बढेर बन्द भएको हो । १.९४ प्रतिशत घटेसँगै यो साता परिसूचक २०८८.९९ अंकमा पुगेर रोकिएको छ । जबकि, यो साता २०४९ अंकबाट कारोबार सुरु भएको थियो ।
परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । गतसाता २२ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा यो साता २५ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । यो औसतमा दैनिक ५ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार हो ।
यस्तै, नेप्सेको कूल बजार पुँजीकरण समेत बढेको छ । ३.०७ प्रतिशतले बजार पुँजीकरण बढेसँगै ३२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । गत साता नेप्सेको पुँजीकरण ३१ खर्ब ८३ अर्ब रुपैयाँ थियो । नेप्सेको बजार पुँजीकरणमा ९७ अर्बको वृद्धि आएको हो ।
