10:52PM
चैत्र १३ गते २०८१

प्रधानमन्त्री कपमा मधेस प्रदेशको विजयी सुरूवात

पौष २८ गते २०८०
3:35 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। मुलपानी, कीर्तिपुर र भैरहवा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेल भएक छन्। मुलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमै अलआउट भयो। कोशीका लागि कप्तान अंकित सुवेदीले ४० रन र फिर्दोस अन्सारीले ४१ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा मधेसका प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रन्जित कुमार र पवन सर्राफले २(२ विकेट लिए। १२८ रनको लक्ष्य मधेसले २०।१ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। मधेसका लागि अनिल साहले ८८ रनको योगदान गरे। उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। यता कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका रासिद खानले नटआउट १०६ रनको योगदान गरेका छन्। उनको शतकमा पुलिसले ८ विकेटको क्षतिमा २८२ रन जोडेको छ।

रिप्लाई गर्नुहोस