01:38AM
असार २१ गते २०८२

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडियो

पौष २८ गते २०८०
10:10 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।

मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो । शुक्रबार राति १२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको उद्योगका सन्चालक तथा नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले जानकारी दिए । विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।

रिप्लाई गर्नुहोस