03:46PM
चैत्र १४ गते २०८१

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङबाट पानी पठाउन थालियो

पौष २७ गते २०८०
3:55 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ ।

सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने उनले बताए । तर कति दिनमा सुरुङ सफा हुन्छ र कहिलेदेखि नियमित रुपमा पानी पठाइउन सकिन्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा भएको वर्षापछि लेदो सहितको बाढी आएकाले गत असारमा सुरुङ बन्द गरिएको थियो ।

रिप्लाई गर्नुहोस