दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी

काठमाडौं । दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै २ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका एक इनिङ्स र ३२ रनले विजयी भएको थियो । दक्षिण अफ्रिकाले दिएको ७९ रनको लक्ष्य भारतले दोस्रो दिनको खाना समयपछि ३ विकेट गुमाएर भेटायो । भारतका यशस्वी जयसवालले २८ रन बनाए । यस्तै कप्तान रोहित शर्मा १७ रनमा नट आउट रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडा, नान्द्रे बर्गर र मार्को जनसेनले समान १ विकेट लिए । दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १ सय १ सय ७६ रनमा अल आउट भएको थियो । दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका एडन मार्करमले शतक बनाए । मार्करम १ सय ३ बलमा १ सय ६ रन बनाएर आउट भए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ६ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो ।
यसअघि केपटाउनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो इनिङ्समा ५५ रनमै अल आउट भएको थियो । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । भारतले पहिलो इनिङ्समा १ सय ५३ रन बनाएको थियो । भारतका विराट कोहलीले सर्वाधिक ४६ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुङ्गी एनगिडी र नान्द्रे बर्गेरले समान ३ विकेट लिए ।भारतले पहिलो पारीमा ९८ रनको अग्रता लिएको छ ।यो जितसँगै भारतले केपटाउनमा इतिहास रचेको छ । भारत केपटाउनमा टेस्ट क्रिकेट जित्ने पहिलो एसियाली देश बनेको छ ।यसैबीच भारत र दक्षिण अफ्रिकाबीचको यो खेलले टेस्ट क्रिकेटमा अर्को इतिहास रचेको छ । कुल खेलिएको बलको आधारमा यो खेल क्रिकेट इतिहासकै सबैभन्दा छिटो सकिएको टेस्ट क्रिकेट बनेको छ । ९२ वर्ष पुरानो कीर्तिमान तोड्दै केपटाउन टेस्ट मात्र ६ सय ४२ बल १ सय ९ ओभर मा सकिएको हो । यसअघि सन् १९३२ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको टेस्ट क्रिकेट ६ सय ५६ बलमा सकिएको थियो ।
