07:44AM
जेठ १ गते २०८२

इंग्लिस प्रिमियर लिगमा आर्सनल फुलह्यामसँग पराजित 

पौष १६ गते २०८०
9:01 AM
Author Avatar
आर्थिक मञ्च

कार्भेन कटेजमा गएराति फुलह्यामसँग आर्सनल २-१ गोलले पराजित भएको हो। लिगको उपाधि होड रोमाञ्चक बन्दै गइरहँदा आर्सनल महत्त्वपूर्ण खेलमा पराजित हुन पुगेको हो। बुकायो शाकाले पाचौं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएपनि २९ औं मिनेटमा फुलह्यामका रउल जिमिनेज र ५९ औं मिनेटमा रेइडले गोल गरेका थिए। अंक तालिकाको चोथो स्थानमा रहेको आर्सनललाई गएरातिको पराजयले ठूलो झट्का लागेको छ। उसले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका फेरि गुमाएको छ। शीर्ष स्थानको लिभरपुलको ४२ अंक छ। ४० अंक जोडेको आर्सनलले हिजोको खेल जित्न सकेको भए उ पुनः शीर्षस्थानमा पुग्न सक्थ्यो।शीर्ष स्थानको लिभरपुल र तेस्रो स्थानको म्यानचेष्टर सिटीले एक खेल कम खेलका छन्। दोस्रो स्थानको एस्टन भिल्ला र चौथो स्थानको आर्सनलले २० खेल खेलिसकेका छन्। तेस्रो स्थानको सिटीले १९ खेल खेलेर ४० अंक जोडेको छ। २० औं खेल जितेर अंक तालिकामा सुधार गर्ने मौका अझै सिटीलाई छ।

रिप्लाई गर्नुहोस