09:38AM
असार १९ गते २०८२

आजको मौसम पूर्वानुमान

पौष ९ गते २०८०
8:24 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहानको समयमा देशका पूर्वी तराई र पश्चिम तराईका एक दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । मंगलबार कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

रिप्लाई गर्नुहोस