02:23PM
चैत्र १४ गते २०८१

बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पौष ७ गते २०८०
12:25 PM
Author Avatar
आर्थिक मञ्च

बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा कलैया उपमहानगरपालिका १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको हो। कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् । कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म।प्र।०३(०३० प ४३९८ नम्बरको मोटरसाइकल करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार कुन्दनको एलएस न्युरो अस्पताल र अभिमनुको नेशनल मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको हो ।

रिप्लाई गर्नुहोस