01:01PM
असार २ गते २०८१

व्यावसायिक किसानलाई सहयोगस्वरूप कृषि सामग्री

मंसिर २८ गते २०८०
8:59 AM
Author Avatar
आर्थिक मञ्च

सिन्धुलीको तीनपाटन गाउँपालिकाका व्यावसायिक किसानलाई सहयोगस्वरूप कृषि सामग्रीहरू दिइएको छ। गाउँपालिकामा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका मूल समूहका कृषकलाई कृषि सामग्री प्रदान गरिएको हो। गाउँपालिकालार्ई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले पालिकामा सञ्चालन गरिएको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी विकास परियोजनाअन्तर्गत वडा नम्बर ४, १० र ११ का मूल समूहका १९ अगुवा कृषकलाई कृषि सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले बताए। ‘गाउँपालिकाले विभिन्न दातृ निकायसँगको साझेदारीमा कृषकलाई स्प्रे, टनेल प्लास्टिक, तरकारीका बिउ, भेटेरिनरी उपकरण र औषधि हस्तान्तरण गरिएको छ,’ अध्यक्ष मगरले भने। उनीहरूलाई कृषि तथा भेटेरिनरी उद्यम ९केभ० सम्बन्धी तालिमसमेत प्रदान गरिएको छ। गाउँपालिकाका अन्य वडाहरूमा समेत कृषि तथा भेटेरिनरीसम्बन्धी सामग्री वडा कार्यालयमार्फत वितरण गरिएको अध्यक्ष मगरको भनाइ छ। तीनपाटन गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक साझेदारी र हाम्रो प्रयास नेपालको सहजीकरणमा गत वर्षदेखि कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रम सञ्चालनमा रहेका छन्।

रिप्लाई गर्नुहोस