10:43PM
मंसिर १८ गते २०८१

मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने

मंसिर २८ गते २०८०
8:42 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए । ज्वरोसम्बन्धी उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । मणिपालको इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट हराएका थिए । खोजतलासका क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ । त्यसैका आधारमा उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो । प्रहरीले उनको खोजीका लागि ड्याम खोल्नुपर्ने भएकाले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको छ ।

रिप्लाई गर्नुहोस