12:58PM
मंसिर १८ गते २०८२

ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा

मंसिर २४ गते २०८०
9:14 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाण्डौको काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–५ बूढानीलकण्ठ, काठमाण्डौकै चन्द्रागिरि नगरपालिका–१३ दहचोक, चितवनको भरतपुर महानगरपालिका–८ शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरूबाट आज आइतवारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भएको छ । ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५५ शाखा, ३ सय ७६ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

रिप्लाई गर्नुहोस