02:19PM
मंसिर १८ गते २०८२

नेपालमा लगानीका गर्न अर्जेन्टिनालाई चेम्बर अफ कमर्सको आग्रह

असाेज ३० गते २०८०
5:00 pm
Author Avatar
आर्थिक मञ्च

नेपालमा लगानीका लागि अर्जेन्टिनलाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसंग चेम्बर भवनमा आज भएको भेटबार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु, ।’

नेपाल अर्जेन्टिनाबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरा भएको सन्दर्भमा अध्यक्ष मल्लले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताए । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिब २५ अर्ब रुपैयाँको बस्तु आयात गरेको थियो ।

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधि विस्तार गर्नका लागि आफूले पहल गर्ने बताए ।

रिप्लाई गर्नुहोस