02:19PM
मंसिर १८ गते २०८२

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड ३ लाख ८० हजारमै

असाेज २६ गते २०८०
11:00 am
Author Avatar
आर्थिक मञ्च

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल ३ लाख ७९ हजार ९ सय रुपैयाँमा विक्री गर्ने भएको छ । यो मोटरसाइकलमा एफआई इन्जिन, नवीनतम् डबल डिस्क र बीएस सिक्स इन्जिन टेक्नोलोजीसहित तीनवटा मुख्य विशेषताहरू रहको कम्पनीले जनाएको छ ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपन कायम गरिएको एमएडब्लुको भनाइ छ। यो मोटरसाइकल कालो र निलो रङमा उपलब्ध छ ।

यो मोटरसाइकल आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ । यसमा १४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल(सिलिन्डर ब्लूकोर इन्जिन छ भने यसले मध्यम रेन्जको पावर दिने कम्पनीले जनाएको छ । यसले औसत ४५ देखि ५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने पनि जनाइएको छ ।

मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ । मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, । सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ ।

रिप्लाई गर्नुहोस